नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ । हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ ।
प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडादेखि एनवान पार्टी प्यालेससम्ममा समूहगत छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
समूहगत छलफलको निष्कर्ष भोलि सभामा टोली प्रतिनिधिले सुनाउनेछन् ।

