नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।
युएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (मंगलबार)नेपालले कुवेतसँग खेल्दैछ । नेपाल आफ्नो अन्तिम खेलमा जित सहित प्रतियोगितामा सुखद अन्त्य गर्ने योजनामा रहनेछ ।
दुबईको आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान ११:५५ बजे सुरु हुनेछ। नेपाल कुवेतलाई पराजित गर्दै सान्त्वना जितको खोजीमा रहेको छ । समूह चरणबाटै बाहिरिएको नेपाल पहिलो खेलमा टेस्ट राष्ट्र बंगलादेशसँग १५४ रनले र दोस्रो खेलमा अर्को टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित भएको थियो ।
पछिल्लो चार भेटमा कुवेतविरुद्ध नेपालले सबै खेल जितेको छ । समूह ‘बी’ मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ भने कुवेत चौथों स्थानमा रहेको छ । यस समूहबाट बंगलादेश र श्रीलंका सेमिफाइनलमा प्रवेश गरेका छन् ।