सिके राउतले दिए एसपी पाण्डेलाई यस्तो धम्की

जनमत पार्टीका प्रमुख सीके राउतले सिरहाका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई धम्की दिएका छन् । आज (मंगलबार) सिके राउतको सचिवालयले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सिरहाका एसपी पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएको हो ।

गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिँदै यदि प्रहरीले व्यवहार सुधार नगरे एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने धम्की दिएको हो । फेसबुक पेजमा भनिएको छ, ‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ । यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ ।’



जनमत पार्टीले सिरहामा आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोली जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

सिके राउतको सचिवालयको फेसबुक पेज :

सिके राउतको सचिवालयको फेसबुक पेज :

सम्बन्धित समाचार