नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।

मोरङ, बिराटनगर महानगरपालिका-३ कंचनबारीस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा रतुवामाई नगरपालिका-५ बस्ने २१ वर्षीय पारस कालिकोटेलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सिआरभि पोष्ट भट्टाचोकबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।
