माओवादी महाधिवेशन : आज प्रचण्डको प्रतिवेदनमाथि सुझाव प्रस्तुत हुँदै

नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी आठौं महाधिवेशनको तेस्रो दिन आज २५ समूहले रिपोर्टिङ गर्ने कार्यक्रम राखिएको छ। दिउँसो एक बजेदेखि सबै समूहका प्रतिनिधिले राखेको सुझावका आधारमा लिडरले रिपोर्टिङ गर्ने कार्यक्रम रहेको छ। प्रत्येक समूह लिडरलाई १५ मिनेको समय दिइएको केन्द्रीय सदस्य हेमराज भण्डारीले बताए।

बुधबार २५ समूहको रिपोर्ट सुन्ने र विहीबारमात्रै अध्यक्षले जवाफ दिने हुन सक्ने उनले बताए। छलफलमा उठेको प्रश्नको अध्यक्षले जवाफ दिएपछि मात्र केन्द्रीय समिति चयन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ।



पदाधिकारीमा भने सहमति नजुटेकोले पछि चयन हुन सक्ने बताइएको छ ।

सम्बन्धित समाचार