मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । जुम्ला, चन्दननाथ नगरपालिका-१ स्थित नयाँ बन्दै गरेको भवनको डिभिसीमा सोही क्षेत्रमा मागी खाइ हिँड्ने गरेका हाल वतन नखुलेका अन्दाजी ५६ वर्षीय सेतो कुलाल नाम बताउने व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले अनुसन्धानको लागि घटनामा शंकास्पद १ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै इलाम, चुलाचुली गाउँपालिका-४ स्थित एलम्बर चोकको कच्ची सडक छेउमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै रुपन्देही, बुटवल उपमहानगरपालिका-११ टप मजुवामा रहेको तिनाउँ नदी किनारको ढुङ्गामा अड्किएको अवस्थामा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता धनकुटा, धनकुटा नगरपालिका-९ स्थित रुद्रबारी सामुदायिक वनभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी नुवाकोट, किस्पाङ गाउँपालिका-५ नयाँपुल बस्ने ६० वर्षीया पुछमाया घले गुरुङ बिदुर नगरपालिका-१ स्थित त्रिशुली नदीको किनारामा सोमबार मृत अवस्थामा फेला परेकी छिन । यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदी गुम्बाडाडास्थित बारीमा सोही नगरपालिका बस्ने ३३ वर्षीया धनमाया तामाङ सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै पाल्पा, रैनादेवी छहरा गाउँपालिका-५ स्थित गनगैरा जंगलमा सोही गाउँपालिका मुझुङ बाँसडाँडा बस्ने ५२ वर्षीय दान बहादुर सोमै सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार खाई गोरु चराउन र तरुल खन्न भनी घरबाट निस्किएकोमा घर नफर्किएपछि खोजी गर्नेक्रममा उक्त जंगलमा उनको शव फेला परेको हो । यता सप्तरी, छिन्नमस्ता गाउँपालिका-१ बरही बस्ने ५२ वर्षीय भुट्टी देवी यादव सोही ठाउँस्थितखेतको छेउको कुलोमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै ललितपुर, ललितपुर महानगरपालिका-२ बुङमती बसपार्कस्थित त्रिरत्न स्कुल पछाडी हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी रुपन्देही, सैनामैना नगरपालिका-१० सालझण्डीस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार