हुम्लामा भारी हिमपात (फोटो फिचर)

हुम्लामा भारी हिमपात भएको छ। भारी हिमपातले जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।

आज(बुधबार) बिहानदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ। लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटबाट उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ। हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ। जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।



हुम्लामा भारी हिमपात (फोटो फिचर)

हिमपात भएपछि अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिटसम्म हिउँ जमेको छ। हिमपातले नाम्खा गाउँपालिकाको लिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले बताए। यस वर्षकै ठूलो हिमपात भएको बताएका लामाका अनुसार हिमपातले मुचुकाखोलामा पानी जमेर बहाब कम भएको छ। सबैतिरको पानीसमेत जमेर पूरै ठोस भएको छ। जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन। चिसोले खानेपानीका धारा जमेका छन्। मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानीसमेत ठोस बनेका हुन् ।

हुम्लामा भारी हिमपात (फोटो फिचर)

हुम्लामा भारी हिमपात (फोटो फिचर)

हुम्लामा भारी हिमपात (फोटो फिचर)

हुम्लामा भारी हिमपात (फोटो फिचर)

सम्बन्धित समाचार