राजा वीरेन्द्रबारे यसो भने रवीन्द्र मिश्रले

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दिवंगत राजा वीरेन्द्र शाहको जन्मजयन्तिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुक मार्फत मिश्रले राजा विरेन्द्रलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

आज फेसबुकमा एक स्टाटस लेख्दै मिश्रले राजा वीरेन्द्र शाह एक श्रद्धाले हृदय भरिने व्यक्ति भनेका छन् । त्यस्तै उनले वीरेन्द्रको सामान्य सयनकक्ष देखेर आफू छक्क परेको टिप्पणी गरेका छन् ।



उनीसँग कहिल्यै नभेटेको भन्दै मिश्रले बरू, बेलाबखत लेखहरूमा आलोचना गरेको बताए । वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुष १४ गते भएको थियो ।

मिश्रले फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै :

“विदेशी सामू झुक्नु भन्दा नेपाली जनताकै सामू झुक्छु!”
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना हुँदा राजा वीरेन्द्रको धारणा।
उनीसँग मेरो कहिल्यै भेट भएन। बरू, बेलाबखत लेखहरूमा आलोचना गरेँ। पछि, मध्यम वर्गीय उनको सयनकक्ष देखेर छक्क परेँ। उनका सारा सम्पत्तिको खोजतलास हुँदा व्यापकरूपमा फैल्याएको कथ्य झैँ देश-विदेशमा उनको ‘पम्फादेवीरूपी’ अथाह सम्पत्ति नभेटिएपछि, कलेज पढ्दा उनीमाथि लगाइएका आरोपहरू सम्झिएँ।
मेरो, न लेना, न देना। तर यिनका कयौँ कमजोरीका वावजुद, यिनको फोटो देख्ने वित्तिकै श्रद्धाले ह्रदय भरिन्छ।
आज राजा वीरेन्द्रको ७६ औँ जन्मजयन्ती। भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु! #विचारभन्दामाथिदेश, #NationAboveNotion

सम्बन्धित समाचार