एमसीसीको विषयमा यसो भने उपेन्द्र यादवले

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडि बढाउनुपर्ने बताए ।

पार्टीको नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)द्वारा आज(बुधबार) परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,’ पार्टीले समय आएपछि एमसीसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।’



अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार