आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ७ हजार ६०८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ४३३ जनाको पीसीआर परीक्षण गर्दा २०१ जना र एक हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २५३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ११ हजार ५०० जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ ।

सम्बन्धित समाचार