नवकान्तिपुर संवाददाता
काठमाडौं
जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सभासद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
पक्राउ परेका अन्य १० जना भने धरौटीमा रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सिभिल सहकारी ठगी प्रकरणमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको थियो । ५०३ निक्षेपकर्ताले सिभिल सहकारीमा जम्मा भएको रकम अपचलन भएको भन्दै ४२ जनाविरुद्ध उजुरी दिएका थिए ।