नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।

पूर्वराजा ज्ञानेन्द्र शाह गोकर्णेश्वर पुगेका छन् । आज (बिहीबार) पूर्वराजा ज्ञानेन्द्र गोकर्णेश्वरको उत्तरबाहिनीस्थित उत्तरगया पुगेका हुन् ।
उनी पितृको श्राद्ध गर्नको लागि आज विहान गोकर्णेश्वर पुगेका हुन् । पूर्वराजा ज्ञानेन्द्रले गोकर्णेश्वरको उत्तरबाहिनीस्थित् उत्तरगया पुगेर पितृको श्राद्ध गरेका थिए । उनी पितृको श्राद्ध गर्नको लागि पुरोहितसहित गेरु बस्त्र धोती, दौरा सुरुवाल र कमिज लगाएर उत्तरगया पुगेका थिए ।
तीर्थ श्राद्धस्थलको नामले चिरपरिचित उत्तरगया क्षेत्रमा आफ्ना दिवंगत पितृको नाममा शाहले श्राद्ध गरेका हुन् । यस क्षेत्रमा श्राद्ध, तर्पण गर्नाले पितृहरूको उद्धार हुने धार्मिक विश्वास एवम् मान्यता रही आएको छ ।

