नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्शामा राखेपछि भीम रावलले गरे यस्तो ट्विट

सरकारलाई गरे यस्तो प्रश्न

नेकपा एमालेका निवर्तमान उपाध्याक्ष डा. भीम रावलले भारतले महाकाली नदीको नाम फेरेर नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो? भन्दै प्रश्न गरेका छन् ।

आज (बिहीबार) एक ट्विट उनले सरकारलाई प्रश्न गरेका हुन् । उनले भारतले यस्तो गर्दा पनि किन मौन बसेको भन्दै टिप्पणी गरेका छन् । त्यस्तै उनले कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो? भन्दै प्रश्न पनि गरेका छन् । भारतले महाकाली नदीको नाम फेरेर नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचार बाहिरिएको छ ।



रावलले ट्विटरमा लेखेका छन्, ‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो? किन मौन? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो?’

रावलको ट्विट :

रावलको ट्विट

सम्बन्धित समाचार