आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

मृत्य हुनेको संख्या शुन्य

पछिल्लो चौबीस घण्टामा नेपालमा २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृत्य हुनेको संख्या शुन्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८ हजार ८९७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र दुई हजार ८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २२८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ११ हजार ७४६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ रहेको छ । जसमा ४ हजार ६३४ जना होम आइसोलेसनमा छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८३ संक्रमित आईसीयूमा र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २८ हजार २०७ र एन्टिजेन विधिबाट ९६ हजार १९१ जना पुगेको छ ।

सम्बन्धित समाचार