नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।

पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन् ।
उनले आज (बिहिबार)जिल्ला प्रशासनका कार्यालय काठमाडौंमा नेपाली नागरिकता लिएकी हुन् । हिमानी शाहको सनाखतमा उनलाई नागरिकता दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताएका छन् । उनको नाम नागरिकतामा ‘कृतिका राज्यलक्ष्मी देवी शाह’ रहेको छ । कृतिकाले वंशजको नागरिकता प्राप्त गरेकी हुन् ।
उनलाई नागरिकताको प्रमाणपत्र प्रजिअ रिजालले हस्तान्तरण गरेका थिए । यसअघि उनकी दिदी पूर्णिका र दाजु हृदयन्द्रले पनि जिल्ला प्रशासनका कार्यालयमै पुगेर नागरिकता लिएका थिए ।
