एमाले पाटीपौवामा परिणत भइसक्योः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी गरेका छन् । एक पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अब मुलुकको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने बताए । उनले एकीकृत समाजवादीले क्रान्तिकारी धारको नेतृत्व गरेको पनि बताए ।

नेपालले भने– ‘यो पार्टीको शक्ति र सामर्थ्य बढिरहेको छ । एमाले त पाटीपैवा भइसक्यो । दिन दिनै विभिन्न पार्टीहरु हामीसँग एकता गर्दैछन् । भोलि नै जनमोर्चा नेपालसँग एकीकरण हुँदैछ । त्यसपछि समाजवादी पार्टी लोहियावादीसँग एकता हुँदैछ । २० हजारदेखि २ लाखसम्म भोट ल्याउने पार्टीहरु हामीसँग मिल्दैछन् ।’



अध्यक्ष नेपालले आउने सबै चुनावमा कांग्रेसहितका दलहरुबीच गठबन्धन हुने समेत बताए । सभापति शेरवहादुर देउवाले नै गठबन्धन हुन्छ भनिसकेकाले अब ढुक्क भएर चुनावको तयारीमा लाग्न उनले कार्यकर्तालाई आग्रह पनि गरे ।

सम्बन्धित समाचार