नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिएको छ। समूहगत छलफलको निष्कर्ष २५ वटै समूहले रिर्पोटिङ सकाएपछि लगत्तै प्रज्ञाभवनमै बैठक बसेको थियो ।
बैठकमा समूहगत छलफलमा आएका सुझाव, पुरक प्रस्ताव र अध्क्ष पुपष्कमल दाहाल प्रचण्डले दिने जवाफबारे छलफल भएको स्थायी समिति सदस्य हरिबोल गजुरेलले जानकारी दिए । आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ प्रचण्डले भोलि दिँदै छन् । उनका प्रतिवेदनमाथि नेताहरु राम कार्की, लेखनाथ न्यौपाने लगायतले पुरक प्रस्ताव समेत पेस गरेका छन् ।
गजुरेलले समूहगत छलफलमा उठेका प्रश्न र पुरक प्रस्तावहरुको समेत जवाफ दिने बताए । कलस्टर अनुसारको संख्या टुंग्याउने जिम्मा पाएको कार्यदलले काम नसकाएले केन्द्रीय समितिबारे भने छलफल नभएको गजुरेलले बताए ।

