नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड विजयी भएको छ । बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले बर्नलीलाई ३-१ ले पराजित गरेको हो ।
म्यानचेस्टर युनाईटेडको घरेलु मैदानमा भएको खेलमा खेलको आठौँ मिनेटमा स्कट म्याकटोमीनेलेगोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २७ औं मिनेटमा बर्नली बी मिले आत्मघाती गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाइदिए । यस्तै खेलको ३५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ३८ औं मिनेटमा बर्नलीका लेननोनले एक गोल गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल युनाईटेडले ३-१ ले आफ्नो पक्षमा पार्यो । जितसँगै युनाईटेड १८ खेलमा ३१ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ भने समान खेलमा ११ अंक जोडेको बर्नली १८ औं स्थानमा रहेको छ ।