त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण सुरु

बाक्लो हुस्सुका कारण बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण सुरु भएको छ । भिजिबिलिटी नभएका कारण आज बिहान विमानहरू उडान र अवतरण हुन सकेका थिएनन् ।

यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । त्यस्तै कुवेतबाट काठमाडौं आएको जजिरा एयरलाइन्सका दुई वटा र दुवईबाट आएका जहाज अवतरण गरेका छन् । यस्तै आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरु भएको विमानस्थलले जनाएको छ ।



आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा विमानस्थल ठप्प भएको थियो । विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर बाक्लो हुस्सुका कारण भिजिबिलिटी शुन्य रहेको थियो ।

यो पनि पढ्नुस :

बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान ठप्प

सम्बन्धित समाचार