पर्यटन बोर्डका सिईओको शक्ति न्यायाधीशको कछाडमा अड्किएको रहेछ : किशोर नेपाल

वरिष्ठ पत्रकार किशोर नेपालले नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीले एयरपाेर्ट भन्सारका कर्मचारीमाथि आफ्नो शक्ति देखाएको आरोप लगाएका छन् । बिहीबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार नेपालले रेग्मीको शक्ति सर्वोच्च अदालतकाे न्यायाधीशकाे कछाडमा अड्किएको भन्दै न्यायकाे मन्दिर फोहोरमा डुबेको टिप्पणी गरे ।रक्सिको निहुँमा सिईओ धनञ्जय रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीसँग झगडा गरेका थिए । त्यसपछि रेग्मीले पदको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा उनी यही पुस २ गते निलम्बनमा परेका थिए ।



तर सर्वोच्च अदालतले यही पुस १४ गते रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो । उक्त आदेशलाई लिएर विभिन्न टिकाटिप्पणी भैरहेको छ । यद्यपि रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले गत बुधबार आदेश दिएको छ ।

पत्रकार नेपालले सामाजिक ट्विटरमा लेखेका छन्–‘बिदेश भ्रमणबाट फर्किदा नेपाल पर्यटन बाेर्डका प्रमुखले छ बाेत्तल बिदेशी रक्सी भित्र्याए । एयरपाेर्ट भन्सारका कर्मचारीले राेक्दा पर्यटन प्रमुखले आफ्नो शक्ति देखाउन लागे । उनकाे शक्ति सर्बाेच्च अदालतकाे न्यायाधीशकाे कछाडमा अड्किएकाे रहेछ । फाेहाेरमा डुबेकाे न्यायकाे मन्दिर !”

पत्रकार नेपालको ट्विट :

पत्रकार नेपालको ट्विट :

सम्बन्धित समाचार