राप्रपा अध्यक्ष लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) विहान लिङ्देन महामन्त्री धवलशमशेर रााणालाई साथमा लिएर मिश्र निवास पुगेका थिए ।

भेटवार्तामा पार्टी एकताबीच कुराकानी भएको एक स्रोतले बताएको छ । लिङ्देनले एजेण्डा उस्तै उस्तै भएकाले पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गरेका थिए । उनीहरुबीच राजनीतकि सम्वाद भएको बुझिएको छ । त्यस्तै मिश्रले लिङ्देन र राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको प्रतिक्रिया दिएका छन् । यस्तै अध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत लिङ्देन र राणासँगको भेटवार्ताबारे तस्विर शेयर गरेका छन् ।



उनले तस्विर शेयर गर्दै लेखेका छन्-“विहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद! आज विहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुबैप्रति आभारी छु।”

सम्बन्धित समाचार