मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले पुस १४ गते बुधबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको साथै विदेशमा चिकित्सा शिक्षा पढिरहेकाहरुका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन प्रयोगात्मक अभ्यास (इन्ट्रनसीप ) पूरा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।



यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

कृषि तथा पशुपन्छि विकास मन्त्रालयका नेपाल कृषि सेवा वरिष्ठ माटो विज्ञ डा गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोगाम स्पेसिलिष्ट प्रोगाममा काम गर्न काजगमा खटाउने निर्णय

निर्वाचन आयोग सम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय

सुर्खेत जिल्लाको साविक लेकफर्सा काफलकोट लेखपराजुल गाविसहरुको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय मेहलकुना सुर्खेतलाई हस्तानान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने निर्णय

नेपाली सेनाका प्रधान सेनापती प्रभुराम शर्मा मिती २०७८ पुस १८ देखि ३० गेतेसम्म घरविदामा रहने भएकाले वालाधिकृत रथी वालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम भई प्रधान सेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय

टाकटोर लामाजुरा सडकखण्डको ट्रयाक खोल्न सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २।५७ हेक्टर क्षेत्रफल प्रयोग गर्न स्वीकृत गर्ने निर्णय

चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्ट्रनसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय

आदिकवी भानुभक्त जन्मस्थल विकास समितिको अध्यक्ष पदमा भानु ४ तनहुँ निवासी राम पन्त र कार्यकारी पदमा सोही स्थान निवासी शंकर रानाभाटलाई नियुक्त गर्ने निर्णय

सम्बन्धित समाचार