ललिता निवास जग्गा प्रकरणमा १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी

राजधानीको बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले बताए।



सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए। सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ। घटनामा राजनीतिक दलका उच्च तहका नेताहरु पनि मुछिएका छन् ।

सम्बन्धित समाचार