नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।

नेकपा माओवादी केन्द्रको जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ। आइतवारदेखि जारी आठौँ महाधिवेशनअन्तर्गत शुक्रबार पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ।
लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड छ। त्यस्तै चालु दायित्व १ लाख ६६ हजार रहेको छ।
यो वर्ष ६९ लाख आम्दानी भएको छ। गत वर्ष ५४ लाख आम्दानी भएको लेखा आयोगले जनाएको छ। माओवादीलाई ८ लाख ८७ हजार वार्षिक ऋण रहेको पनि आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।

