देउवाले विदेशमा विद्यार्थी सप्लाई गर्नेहरुलाई साथ दिएः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग नौं बूँदे सम्झौंता गरेर विदेशमा विद्यार्थीहरुलाई सप्लाई गरेर कारोबार चलाउनेहरुलाई साथ दिएको टिप्पणी गरेका छन् ।

आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढने सपना बर्बाद पारेको गम्भिर आरोप समेत लगाए । उनले डा केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौंताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाईदा पु¥याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गरे ।



स्कुल, कलेज बन्द गर्न सो सम्झौंता भएको र त्यसबारे बुद्धिजीविहरुले मौनता साँधेको भन्दै उनले आक्रोश व्यक्त गरे । उनले सरकारकै कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको र बैंकहरुमा तरलताको अभाव देखिएको दाबी समेत गरे ।

अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै इज्जत नभएकाहरु सधैं सरकारमा रहने अवस्था रहेको भन्दै व्यंग्य पनि गरे । उनले आफ्नो पार्टीले भने सरकारमा बसेर आफ्ना नीति कार्यान्वयन गर्दै अघि बढने वा प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरेर देश र जनताको सेवा गर्ने गरेको बताए ।

सम्बन्धित समाचार