नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ पुस ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा मौसम बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाएको छ।
शनिबार बिहान काठमाडौं उपत्यकासहित अन्य उपत्यका र तराईमा कुहिरो लागेको छ। दिउँसो देशभरको मौसम बदली हुने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। प्रधानाङ्गका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुनेछ। आगामी विहीबारदेखि फेरि वर्षा र हिमपात गराउने बायु सक्रिय रहने मैसमविद्ले बताएका छन् ।
काठमाडौं उपत्यकाको शनिबार बिहानको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो। दिउँसो तापक्रम बढेर १५ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।
