स्टेजमै कुटिए गायक राजेशपायल राई (भिडियाेसहित)

चर्चित गायक राजेश पायल राई माथि स्टेजमै कुटिएका छन् । अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा उनीमाथि दुर्व्यवहार भएको हो ।

बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना रहेको कन्सर्टमा सांगीतिक प्रस्तुति दिँदै गर्दा एक व्यक्तिले स्टेजमै चढेर उनी माथि हातपात गरेका हुन् । कन्सर्टमा उनीमाथि हातपात भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।



अमेरिकामा आयोजना भएको यो कन्सर्ट राजेशको कोरोना सुरु भएपछिको पहिलो हो । कन्सर्टका लागि उनी ४ दिन पहिले अमेरिका उडेका थिए ।

सम्बन्धित समाचार