लम्बियो माओवादी महाधिवेशन, कति होला खर्च ?

नेकपा माओवादी केन्द्रको काठमाडौंमा पुस ११ गतेदेखि जारी आठौं राष्ट्रिय महाधिवेशनमा लागत एक करोड रुपियाँको हाराहारीमा रहने पूर्वानुमान गरिए पनि सो हाराहारीमा रकम खर्च नहुने भएको छ।

महाधिवेशनमा सहभागी भएका १७ सय ४२ प्रतिनिधिहरुले बिहान र बेलुकाको खाना र बसोबासको व्यवस्था सम्बन्धित जिल्ला र प्रदेशबाट नै व्यवस्थापन हुने हुँदा पनि यो रकम नबढ्ने व्यवस्थापनका जिम्मा पाएका नेता जगत सिंखडा बताउछन्।



कमलादीस्थितको प्रज्ञा भवनको हल आइतबारसम्म बुकिङ गरिएको छ । महाधिवेशनका लागि एक, दुई दिन थप समय लागेता पनि कार्यक्रमस्थल खर्च र खाजा खर्च मात्रै बढेको बताइन्छ । माओवादी केन्द्रको महाधिवेशनमा पूर्वानुमानित एक करोड खर्च नहुने सिंखडा भन्छन्। महाधिवेशन खर्च ५० लाखको हाराहारीबाट केही बढ्ने उनको भनाइ छ।

महाधिवेशनमा सहमति नजुटेको खण्डमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन प्रक्रिया सुरु भएमा महाधिवेशन थप २ दिन लम्बिने देखिएको छ ।

सम्बन्धित समाचार