ओमिक्रोनले विश्वभर बढ्न थाले कोरोना संक्रमित, एकै दिन ११ लाख ७८ हजारमा संक्रमण पुष्टि

ओमिक्रोन भेरियन्टले विश्वभर कोरोना संक्रमणदरमा उच्च वृद्धि भएको छ । विश्वभर एकै दिन ११ लाख ७८ हजार कोरोना संक्रमित थपिएका छन् । फ्रान्समा २ लाख १९ हजार, बेलायतमा १ लाख ६२ हजार ५००, अमेरिकामा १ लाख ६१ हजार ३०० र इटलीमा १ लाख ४१ हजार २०० जनामा ‍संक्रमण पुष्टि भएको छ।

यस्तै‚ भारतमा २६ हजार, रुसमा १९ हजार ७००, टर्कीमा ३६ हजार ७००, जर्मनीमा १९ हजार ७०० र अर्जेन्टिनामा २० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।



सोही अवधिमा विश्वभर ३ हजार ८०० भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये रुसमा ८४७, पोल्याण्डमा ५००, अमेरिकामा २५७, बेलायतमा १५४ , फ्रान्समा ११० र टर्कीमा १४५ संक्रमितको कोरोनाको कारण मृत्यु भएको छ।

सम्बन्धित समाचार