मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ८ घाइते

पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा मलामी सवार बस दुर्घटना भएको छ । आज (आइतबार) बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो ।

बस दुर्घटना हुँदा सात जनाको भृत्यु भएको छ भने आठ जना घाइते भएको प्रहरी चौकी हार्थोकले जनाएको छ। । बसमा करिब ३५ जना मलामी सवार थिए । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।



प्रहरी र स्थानीयवासीले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरिरहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी ।

 

 

सम्बन्धित समाचार