नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ पुस ।

पाल्पामा मलामी सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आज बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो ।
बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको थियो । अर्घाखाँचीको मालारानी गाउँपालिका–२, कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि मलामी गएकाहरू चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको र मृत्तकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
