नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ पुस ।

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन सम्पन्न भएको छ । नयाँ केन्द्रीय कमिटीले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने भएको छ ।
आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए । उनले सोमबार बस्ने बैठकको समय सोमबारै तय हुने समेत जानकारी दिए ।
आइतबार अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले ताली ठोकेर अनुमोदन गरेको थियो ।

