राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी जनाएको छ। बैठकले राष्ट्रियसभाको १९ सीटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ।

राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ। कांग्रेसले आफ्नो ३ सहित थप ४ गरी ७ सीटमा भाग खोजेको छ। माओवादी र एकीकृत समाजवादीलाई उनीहरुको रिक्त रहेको ४- ४ सीट दिएर थप एक–एक सीट दिने कांग्रेसको तयारी रहेको छ।



एक सीट जनता समाजवादीलाई दिनुपर्ने कांग्रेसले प्रस्ताव गर्ने भएको छ। एमालेलाई आफ्नो ८ सीट जोगाउनुपर्ने चुनौती छ। पाँचै दल एक ठाउँमा मिल्दा प्रदेश १ बाहेकका स्थानमा एमालेका लागि संकट रहनेछ।

 

सम्बन्धित समाचार