नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।

सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रियसभाको लागि १९ सिटमा भागबण्डा टुंगो लगाएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले १९ सिटमा भागबण्डा टुंगो लगाएको हो ।
राष्ट्रियसभामा काँग्रेसले ६, माओवादी केन्द्रले पाँच, नेकपा (एकीकृत समाजवादी)ले ५, जसपाले २ र जनमोर्चाले एक सिट पाएका छन् । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्रबाट ४, एकीकृत समाजवादीबाट ४ र मनोनीत एकजना सांसदको कार्यकाल सकिदैछ ।
राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुँदैछ । त्यस्तै राष्ट्रियसभा निर्वाचनका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।

