पुनः अध्यक्षमा निर्वाचित भएपछि प्रचण्डले दिए यस्तो प्रतिक्रिया

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । माओवादी केन्द्रको सोमवार बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्षमा दाहाललाई सर्वसम्मत् रुपले चयन गरेको छ । केन्द्रीय कमिटीको पहिलो बैठकमा नवनिर्वाचित केन्द्रीय सदस्यहरुले सपथग्रहण गरेसँगै अध्यक्षमा दाहाललाई चयन गरिएको हो ।

पार्टी अध्यक्षको जिम्मेवारी पाएसँगै बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो काँधमा ठुलो जिम्मेवारी थपिएको बताए । उनले अध्यक्षको सपथ लिदाँ राष्ट्र र जनताप्रति आभारी भएको महशुस गरेको भन्दै पुनः एकपटक राष्ट्र र जनताको सेवा गर्ने अवसर पाएको बताए ।



अध्यक्ष प्रचण्डले पार्टीलाई रुपान्तरण गर्न र सुदृढ बनाउन आफुले अझै पार्टीको नेतृत्व गर्नुपर्ने महशुस गरेको बताए । प्रचण्डले आफुबिनाको माओवादी पार्टीको भविष्यबारे अनेक टिकाटिप्पणी हुने गरेको भन्दै आफु नहुँदैमा माओवादी आन्दोलन नसिद्धिने पनि बताए । माओवादी आन्दोलन आफु बिनापनि जिवित रहने र शक्तिका साथ अगाडी बढ्ने उनले विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार