भारतमा कोरोनाको तेस्रो लहर सुरु, दिल्लीका मुख्यमन्त्री केजरीवाल पनि संक्रमित

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोभिड–१९ पोजेटिभ संक्रमण पुष्टि भएको छ। केजरीवालले ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

कोरोना पुष्टिपछि आफू क्वारेन्टाइनमा बसेको र आफ्नो नजिक सम्पर्कमा आएकालाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन्। पछिल्लो समय पन्जाव र उत्तराखण्डमा पार्टीको चुनावी प्रचारमा रहेको केजरीवाललाई उतै संक्रमण भएको हुन सक्ने जनाइको छ।



भारतमा कोभिड संक्रमण फेरि तीव्र गतिमा फैलिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तिब्र गतिमा फैलिएसँगै संक्रमितको संख्या बढेको हो ।

औषतमा दैनिक ३५ हजारसम्म नयाँ संक्रमित थपिएका छन् । पछिल्लो साता कोभिड संक्रमितको संख्या २२ प्रतिशतले बढेको छ । भारतमा कोभिडको तेस्रो लहर सुरु भइसकेको विज्ञहरुले बताएका छन् ।

सम्बन्धित समाचार