नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिममा जगत पार्कीलाई उम्मेदवार चयन गरेको हो ।
माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएको उनको सचिवालयले जनाएको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । सत्ता गठबन्धनको भागवण्डाअनुसार माओवादीले ५ सदस्य पाउने भएको हो ।

