नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको संख्या २४६ पुगेको छ । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय कमिटी सदस्य छनौट थिए ।
सोमबार २४६ जनाको नामावली सार्वजनिक गरिएको हो । प्रचण्डले २३६ जनाको नाम बाचन गरेको भएपनि हलको सुझावका आधारमा १० जनाको नाम थप गरेर २४६ जना पुगेको निर्वाचन समितिले जनाएको छ ।
विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ । बाँकी रहेका सदस्य मनोनीत हुनेछन् । त्यस्तै माओवादीको पदाधिकारी १५ सदस्यीय हुने व्यवस्था छ । त्यसमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव एक जना, उपमहासचिव दुई, सचिव तीन, कोषाध्यक्ष एक रहने व्यवस्था छ । महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुको हिजो (सोमबार) शपथ गरिसकेका छन् ।
सूची :

