नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य समिति सदस्यमा ३१ जना नेतालाई मनोनित गरेका छन् । आज (मंगलबार) अध्यक्ष लिङ्देनले केन्द्रीय कार्य समिति सदस्यमा ३१ जना नेतालाई मनोनित गरेका हुन् ।
उनले पार्टीको विधान अनुसार केन्द्रीय कार्य समिति सदस्यमा मनोनित गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा भएको थियो । राप्रपाको विधानअनुसार केन्द्रीय कमिटी १ सय ९९ सदस्यीय हुनेछ । राप्रपाले महाधिवेशनमा १ सय ४९ सदस्य निर्वाचित गरेको थियो । ३१ सदस्यको मनोनयनपछि राप्रपाको केन्द्रीय कार्यसमिति १ सय ८० सदस्यीय भएको छ ।
मनोनित केन्द्रीय सदस्यमा दीपक बोहरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम धर्ती मगर, ढंक ढकाल, प्रेमबहादुर भण्डारी, निरञ्जन थापा, भिमप्रसाद गौचन, हेमजंग गुरुङ, ठाकुरप्रसाद शर्मा, रामकुमार सुब्बा, मुकुन्दश्याम गिरी, दिनेश श्रेष्ठ, प्रा.डा. गीताभक्त जोशी, भक्तिप्रसाद सिटौला, मोहनकुमार श्रेष्ठ छन् ।
त्यसैगरी झनक प्याकुरेल, श्यामबहादुर शाही, एजी शेर्पा, पुष्पराज पुरुष, रमानन्न न्यौपाने, सरोजा शर्मा, रामप्रताप साह, रविन चाम्लिङ, उदयराज पोखरेल, सरस्वती केसी अधिकारी, दिनेश कार्की, वीरेन्द्र बम, केशवचन्द्र समाल, अम्बरबहादुर विष्ट र नवीन शाह मनोनित भएका छन् ।
केन्द्रीय कार्यसमितिमा मनोनित गरेका ३१ सदस्य

