आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ३२९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र एक हजार ५३५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २६३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १२ हजार ९३७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेको छ । जसमा ४ हजार ८३४ जना होम आइसोलेसनमा छन् भने २६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८८ संक्रमित आईसीयूमा र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २९ हजार ६३२ र एन्टिजेन विधिबाट ९६ हजार ३१८ जना पुगेको छ ।

सम्बन्धित समाचार