लुम्बिनी, प्रदेश १ र सदूरपश्चिममा एमालेका क-कसले गराए उम्मेदवारी दर्ता ?(सूचीसहित)

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तीन जना उम्मेदवारहरुले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज (मंगलबार) उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।

एमालेको खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएका हुन् । एमालेले लुम्बिनी प्रदेशको तीन सिटमा उनीहरुको नाम अगाडी सारेको हो ।



लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी तीन पदका लागि निर्वाचन हुँदैछ । त्यस्तै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश-१ मा नेकपा एमालेका तीन उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक वा अपांग कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सदूरपश्चिममा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । धनगढीस्थित निर्वाचन कार्यालय पुगेर एमालेले महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गराएका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ भने आज उम्मेदवारको मनोयन भएको हो ।

सम्बन्धित समाचार