नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले नेकपा माओवादीको अध्यक्षमा पुनः चयन भएका पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
सोमबार सर्वसम्मत अध्यक्षमा चयन चएका प्रचण्डलाई सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले आज बधाई दिएका हुन् ।
भट्टराईले लेखेका छन्, ‘नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई तथा शुभकामना । प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा ।’

