नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र १४ औं महाधिवेशनको समीक्षा गर्न भन्दै कोइरालाले आज दिउँसो दुई बजे आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।
कोइराला निकट नेता बलबहादुर केसीले दिउँसो २ बजे बैठक बस्ने बताए । कोइराला निकट अर्का एक नेता चन्द्र भण्डारीले भने बैठक सिंहदरबार नजिकको बसेरा होटलमा बस्ने बताए । नेता भण्डारीका अनुसार १४ औं महाधिवेशनमा उम्मेदवार बनेकाहरुलाई बैठकमा बोलाइएको छ ।
कोइराला पक्षीय नेताहरुको बैठक मंगलबार पनि बसेको थियो । उक्त बैठकले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको निष्कर्ष निकालेको थियो । साथै बैठकले रामचन्द्र पौडेल देउवा खेमामा मिसिएको निष्कर्ष निकालेको थियो ।

