नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।

नेपाली काँग्रेसले १६ जिल्लाको अधिवेशनको मिति पुन: सारिएको छ । पार्टीले १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गते गर्ने निर्णय गरेको हो ।
राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।समितिको आज बसेको बैठकले कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका जिल्लाको अधिवेशन माघ १५ गते निर्धारण गरेको समिति सचिव केशव रिजालले जानकारी दिए ।
काँग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवरपुरमा पार्टीको जिल्ला अधिवेशन गर्न बाँकी रहेको जनाएको छ ।

