आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

मृत्यु हुनेको संख्या शून्य

पछिल्लो चौबीस घण्टामा नेपालमा ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार २६७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा ३७० जना र तीन हजार ५५२ जनाको एन्टिजेन परीक्षण गर्दा ६५ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २३९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १३ हजार १७६ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । जसमा ४ हजार ८५२ जना होम आइसोलेसनमा छन् भने ३७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ८४ संक्रमित आईसीयूमा र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख ३० हजार २ र एन्टिजेन विधिबाट ९६ हजार ३८३ जना पुगेको छ ।

 

सम्बन्धित समाचार