रामचन्द्र पौडेल र केपी ओलीबीच भेटवार्ता, सत्ता गठबन्धन सशंकित

सत्तारुढ नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको छ। कांग्रेस नेता पौडेल पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न बुधबार साँझ बालकोट पुगेका हुन्।

कांग्रेस नेता पौडेलले एमाले अध्यक्ष ओलीलाई संसद्को डेडलक खुलाउन आह्वान गरेका छन्। साथै नेता पौडेलले एमसीसी संझौता पारित गर्नेबारे पनि छलफल गरेको बताइन्छ ।



एमाले अध्यष ओलीले यसअघि नै कांग्रेसलाई गठबन्धन छोडेमा एमसीसीमा सघाउने बताएका थिए । साथै ओलीले देउवालाई प्रधानमन्त्रीमा पनि एमालेले सघाउने बताएका थिए । ओलीले गठबन्धन फुटाउन प्रयास गरिरहेको बेला पौडेलसँग वार्ता भएपछि गठबन्धनका अन्य दलहरु सशंकित बनेका छन् ।

सम्बन्धित समाचार