एमाले नेता रोकाको हृदयाघातबाट निधन

नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयाघातबाट उनको निधन भएको एमालेले जनाएको छ ।

रोका रोल्पाको त्रिवेणी गाउँपालिका-२ निवासी हुन् । उनी यही २३ गते हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए ।



रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको एमालेले जनाएको छ ।

सम्बन्धित समाचार