ओलीले प्रचण्ड समूहको हालत पेरुको साइनिङ पाथ जस्तो हुनेछ भनेपछि…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड समूहको हालत पेरुको साइनिङ पाथ जस्तो हुने बताएका छन् । बुधबार बलकोटमा भएको पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्र कमिटीका पूर्व सदस्य छिमी दोर्ची लामालगायतका नेता कार्यकर्ता बुधबार नेकपा (एमाले) मा प्रवेश गरेका छन् । ओलीले लामासहितका नेता कार्यकर्तालाई स्वागत गरेका थिए । माओवादी परित्याग गरी एमाले प्रवेश गर्नेमा माओवादीका कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य, जिल्ला कमिटीका ३७ जना सदस्य, जनसंगठनका ४ जना केन्द्रीय सदस्यलगायत रहेको बताइएको छ ।



ओलीले माओवादी छोडेर एमाले रोजेकोमा सबैलाई धन्यवाद दिए । ‘प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको छ । हेर्दै जानुहोला, त्यसको हालत कुनै बेलाको पेरुको साइनिङ पाथको जस्तो हुनेछ’ ओलीले भने । कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटी लगायतका नेताहरूको उपस्थिति थियो ।

सम्बन्धित समाचार