प्रधानमन्त्री देउवा सहभागी हुने ‘भाइब्रेन्ट गुजरात सम्मेलन’ स्थगित

भारतको गुजरातमा हुने भनिएको ‘भाइब्रेन्ट गुजरात शिखर सम्मेलन ‘स्थगित भएको छ । आज (बिहीबार) भारतीय सञ्चार माध्यम एएनआईले एक ट्विट गर्दै भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएको जनाएको हो ।

भारतीय सञ्चार माध्यम एएनआईले ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले सम्मेलन स्थगित गरेको ट्विटमा उल्लेख गरेको छ । उक्त सम्मेलन जनवरी १० तारिखदेखि १२ सम्म आयोजना हुने कार्यक्रम थियो । त्यस्तै सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते भारत भ्रमणमा जाने कार्यक्रम थियो । सम्मेलन स्थगित भएसँगै देउवाको भारत भ्रमण कार्यक्रम पनि स्थगित हुन सक्नेछ ।



भारतीय सञ्चार माध्यम एएनआईले ट्विटरमा लेखेको छ, ‘ #Omicron: Gujarat Govt postpones 10th Vibrant Gujarat Global Summit to be held from January 10 to January 12 ‘

भारतीय सञ्चार माध्यम एएनआईको ट्विट

भारतीय सञ्चार माध्यम एएनआईको ट्विट

सम्बन्धित समाचार