नारायणहिटीभित्र रेष्टुरेन्ट बनाउने विषयमा भीम रावलले गरे यस्तो ट्विट

नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले नारायणहिटी जस्तो ऐतिहासिक-सांस्कृतिक महत्वको सम्पदाको संरक्षण गर्नुको साँटो विदेशीलाई व्यापारिक मुनाफाका लागि रेष्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार भएको बताएका छन् ।

बुधबार एक ट्विट गर्दै उनले यस्तो बताएका हुन् । रावलले नारायणहिटी संग्रहालयको मौलिकताको सुरक्षा गरियोस् भन्दै देशप्रतिको गैरजिम्मेवार सम्झौता रद्द गर्न आग्रह गरेका छन् । बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नारायणहिटी दरबार संग्रहालय हाताभित्रै रेस्टुरेन्ट बनाउने निर्णय गरेको थियो । तर, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्र रेष्टुरेन्ट बनाउने योजनामा रोक लगाएको छ ।



रावलले ट्विटरमा लेखेका छन्, ‘नारायणहिटी जस्तो ऐतिहासिक-सांस्कृतिक महत्वको सम्पदाको संरक्षण गर्नुको साँटो विदेशीलाई व्यापारिक मुनाफाका लागि रेष्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार हो।यस्तो देशप्रतिको गैरजिम्मेवार सम्झौता रद्द गरी नारायणहिटी संग्रहालयको मौलिकताको सुरक्षा गरियोस् ।’

रावलको ट्विट

रावलको ट्विट

सम्बन्धित समाचार